१०१ न्यूज र कथाहरू

राजु मास्टरः भाग १

धेरै वर्ष अगाडीकाे कुरा हाे, नेपालकै अर्घखाची जिल्लामा एउटा सानाे गाउँ थियाे, पाहाडी भेगमा भए पनि त्याे गाउ अति सुन्दर थियाे । तर त्याेे गाउमा बस्ने मानीसकाे अार्थीक अवस्था भने जिर्ण अवस्थामा थियाे । त्याे गाउका मानिसहरू पनि सारै मिलनसार थिए । त्याे गाउमा कसैकाे मकै बारी खन्न हाेस वा काेट पर्व नै मनाउन किन नहाेस, त्याे गाउका सबै मानिसहरू मिलेर खुसी खुसी गर्दथे । 
नेपालकाे प्रकृतीले घेरेकाे त्याे सानाे गाउमा एउटा ठूलाे परिवार थियाे । त्याे घरमा अामाबुबा सहित ६ जना छाेराछाेेरी बस्ने गर्थे । त्याे परिवारकाे सम्पती भने त्यती धेरै थिएन । त्याे घर खेतीकिसानीमा मात्र धानिएकाे थियाे । बिस्तारै समय बित्दै जादा त्यहा भएकाे खेती ले घर धान्न धाै धाै भएपछि, बुबाले अब बटाैली झर्ने निधाे गर्नुभयाे । 
गाउमा भएका अाफ्ना सबै खेत बेचेर बुबा मधेस झर्नु भयाे । खेत बेचेर अाएकाे पैसाले बुबाले सस्ताेमा अलिकती जमिन किन्नु भयाे र एउटा सानाे झुपडी तयार पारेर पहाडमा भएका अाफ्ना सबै परिवारलार्इ मधेस झार्नु भयाे । समस्याकाे समाधान भने अझै भएकाे थिएन । अतः अार्थीक अभाव पुरा गर्नकाे लागी बुबा अाफू लाहुरे बन्न भारत लाग्नु भयाे । 
यता घरामा भने अब एउटी अामा र ६ जना छाेरीछाेरी, जस्मा ३ भाइ छाेरा र ३ बहिनी थिए । छाेराछारी हुर्कदै थिए, जेठाे छाेराे साेनु कक्षा १० पढ्दै थियाे, माहिलाेे छाेरा राजु ५ कक्षा र कान्छाे छाेराे चक्रू भने अझै काखमा हुर्कदै थियाे । छाेरी तर्फ रिता पहिलाे सन्तान पनि थिइन्, त्यसैले उन्लार्इ पढाइमा भन्दा पनि घरकाे चुलाे चाैका र मेला पातमा ब्यस्त रहन बाध्य भइन, माहिली छाेरी रूपा भने अलि साेझी थिन्, पढ्ने लेख्ने अवसर पाएपनी उनकाे त्यती मन हुदैनथ्याे र कान्छी छाेरी निमा भने अलि टाठीबाठी थिइन। 
बुबा लाहुरे सिपाही भएपछि घरकाे सारा काराेबार साेनुकाे काधमा अाएकाे थियाे । तर जबरजस्ती भिराइएकाे त्याे जिम्मेवारी साेनुलार्इ पटक्कै चित्त बुझेकाे थिएन । अर्धबैसे त्याे उमेरमा, साथीभार्इकाे लयलयमा लागेर साेनु एकदिन विद्यालय जान्छु भनेर हिडेकाे मान्छे, रात नपर्दै नेपालकाे सिमा कट्न भ्याएछ । घरमा एकछिन खाेजीनिधी भयाे, साथीभार्इ सगँ साेधपुछ भयाे र घरभरी अब रूवाबास मात्र चल्याे । त्याे समयमा फाेन पनि कसैसगँ थिएन, साेधाै भने कस्लार्इ साेँधु र खाेजाै भने पनि कहाँ गएर खाैज्नु, अब सारा परिवार अलपत्र थियाे । लाहुरमा जागिर खान गएका बुबालार्इ नि छाेराे बेपत्ता भएकाे खबर पठाइयाे । 
छाेरा बेपत्ता भएकाे खबर पाएकाे एक हप्तामै बाबुले जागिर छाेडेर घर फर्किहाले । छारीहरूलार्इ घरकाे काराेबार चलाउन दिने चलन थएन र माहिलाे छाेराे अझै सानाे भएकाेले बाबु जागिर छाेडेर घर अाउन बाध्य भएका थिए । सानु बेपत्ता हुदा घरमा सबैजना चिन्तित थिए, मेरेकाे बाचेकाे केहि खबर थिएन । अब बाबु पनि स्वदेसमै बसेर काम गर्ने निधाे गरे । 
साेनु बेपत्ता भएकाे ७ वर्ष बितेकाे थियाे, घर अहिले खती किसानीले नै चलि रहेकाे थियाे, रितुकाे बिहे पनि भैसकेकाे थियाे । राजुले पनि अाइ.ए सकाएर बसेकाे थियाे । गाउ नजिकै विद्यालय नभए पनि धेरै टाढा गएर अाफ्नाे शिक्षा हासिल गरेकाे थियाे । समय अत्यन्तै परिवर्तनशिल थियाे, अाइ.ए पास गरेपनि राम्राे जागिर पाउन सकिदैनथ्याेे । जमाना राम्राे मान्छे भन्दापनि अाफ्नाे मान्छेलार्इ जागिर दिने चलन थियाे । राजुका साथीहरू पनि राम्राे जागिर नपाउने लक्षण भएपछी सबैजना वैदेशिक राेजगाकाे लागी ऋिण खाेजेर विदेश जान थालेका थिए । अाइ.ए पढेकाे छाेराले अब जागिर गरेर धेरै पैसा कमाउछ भन्ने अाश गर्न थालेका थिए । अरूकाे छाेराछाेरीले बिदेशबाट हजाराै रूपैया पठायाे रे भनेकाे सुन्दा बाउअामाले अब राजुलार्इ पनि बिदेश जान कर लगाइएकाे थियाे । तर राजु भने अलग्गै साेच्दथ्याे, बिदेश गएर पैसा कमाएर नेपाल पठाउनु भन्या नपाली भूमिकै अपमान गर्या जस्ताे मान्दथ्याे, उस्ले अाफ्नाे देशलार्इ धेरै माया गर्दथ्याे । राजुले स्वदेसमै काम गर्छु भनेर धेरै ठाउँमा जागिर खाने काेसिस गर्याे तर त्याे जिल्लामा उस्ले भने जस्ताे जागिर कतै पाएन । अब जागिर अर्काे जिल्लामा गएर भएपनि खानुु पर्ने थियाे र घरकाे अार्थीक बाेझ हल्का पनि गराउनु  । बहिनीहरूकाे नि बिहे गर्न बाकी नै थियाे, भाइलार्इ राम्राे ठाँउमा पढाउनु पर्ने पनि थ्याे । बाबु अामा पनि अल्ली बुढाे भैसक्नु भएकाे थियाे, खेतबारीमा पनि मन लगाएर काम गर्न सक्न छाेड्नुभएकाे थियाे । राजुले साेच्दासाेच्दै एउटा जुक्ती निकाल्याे, अाखिर उसलार्इ जिल्ला छाेड्नु नै पर्ने भएपछि उसले मुगु जस्ताे दुर्गम ठाउमा गएर पढाउने साेच गरायाे । उसेले धेरै सिफारिस गरेपछि उस्ले मुगुकाे एउटा गाउमा ३ कक्षा सम्म भएकाे विद्यालयमा अस्थार्इ शिक्षकमा नियुक्ती भयाे । घरमा पनि अाखिर छाेराले जागिर पायाे भनेर मख्ख थिए ।  
कर्णाली जिल्ला जस्ताे दुर्गम ठाउमा गएर ३ कक्षा सम्म मात्र पढाकाे हजार रूपैया पाउथ्याे । त्याे बेलामा हजार रूपैयाले अढाइ महिना जति घरखर्च सजिलै चल्दथ्याे । तर पैसा त्यत्राे भएर के गर्नु, मुगु जस्ताे ठाउँमा पुग्नु नै ठूलाे सङ्घर्ष गर्नु पर्दथ्याे । बाटाेघाटाे नभएकाे त्याे समयमा मुगु जानकाे लागी बुटबलबाट करिब १० दिन जति हिडेर जानु पर्दथ्याे । 
पहिलाे पटक राजु कर्णाली पुग्दा त्यहाकाे माहाेल नै बेग्लै थियाे । जागिरकाे पहिलाे दिन उ विद्यालय त पुग्याे तर त्यहा पुग्दा उसले न त विद्यार्थीलार्इ भेटायाे न त कुनै शिक्षकलार्इ नै । उसले भेट्याे त केवल चाैरीगार्इ चराउन अाएका गाेठाला मात्र । विद्यालयकाे नाममा एउटा सानाे ढुङ्गाले बनेकाे छाप्राे थियाे । यस्ताे विचित्र ठाउँमा उ पढाउन भनेर पुगेकाे थियाे । त्यस पछि उस्ले सुरूमा गएर पिउनलार्इ भेट्याे । उस्लार्इ त्यहाँ पिउनले भन्याे सबै विद्यार्थी यार्साकाे खाेजीमा गएकाेले विद्यालय बन्द गरिएकाे रहेछ । करिब १५ दिन पछि विद्यालयका सबै शिक्षक शिक्षिकाहरू उपस्तिथ भैसकेका थिए, राजुले पनि सबैसगँ भेट गर्याे । यार्साकाे सिजन पनि सकिन अाटेकाे थियाे । अब विद्यार्थी अाउछन र पढाउन पाइन्छ भन्ने साेच्याे तर जम्मा २-४ जना विद्यार्थी मात्र  विद्यालय अाएका देखिए । दृश्य हेर्दा अचम्म लाग्दाे थियाे, चार जना विद्यार्थी पढाउनकाे लागी पाँच जना शिक्षकहरू नियुक्ती भएका थिए । नेपालकाे त्याे बेलाकाे शिक्षा त्यती सम्म दयनिय थियाे । याे दृश्य राजुकाे लागि नाैलाे थियाे तर अरू शिक्षकलार्इ यस्काे बानी परिसकेकाे थियाे । वरिपरि ५ गाउँका बालबालिकालार्इ पढाउनकाे लागी स्थापना भएकाे  विद्यालय थियाे त्याे । त्यहाँ भएका शिक्षककाे काम पनि तलब पचाउनकाे लागी मात्र बसेकाे जस्ताे देखिन्थ्याे । पहिले देखी जस्ताे चलेकाे थियाे त्यस्तै चल्न थाल्याे । करिब २ महिना जति त्यस्तै चल्याे । 
असार मसान्त अाउन अाट्याे, अब तलब बाढ्नकाे लागी हेडमास्टर पनि टुप्लुक्क अाइपुग्याे । सबैलार्इ तलब खान हतार थियाे । राजुकाे त झन याे पहिलाे कमाइ थियाे, उस्काे अनुहारमा बेग्लै खुसी देखीएकाे थियाे । सबैले पालैपालाे अाफ्नाे तलब बुझ्दै थिए, तर  जसरी जसरी राजुकाे पालाे नजिकिन्थ्याे उस्काे मनमा उदासी छाउदै गयाे । अब उसलार्इ त्याे तलब लिन अलि अप्ठ्याराे महसुस भयाे । काम भने एउटा माखाे मार्या थिएन, मात्र दिनभरी चाैरमा बसेर घाम तापेकाे चार हजार जति बुझ्दै थियाे । 
तलब बुझेपछि उ घर जाने तामझाम मिलाउन थाल्याे । उसकाे घरमा अब राेपार्इ चल्दै थियाे, उ घर जान अावश्यक थियाे, त्यसैले उसले करिब एक महिनाकाे बिदा लिएर घर तिर लाग्याे ।  घर पुग्न कम्तीमा पनि ८ दिन लाग्दथ्याे । त्याे घर पुगुञ्जेल उस्काे मनमा त्याे पैसाका कुरा खेली रहयाे, काम नगरी त्यसरी तलब खादा उस्लार्इ नरमाइलाे लागेकाे थियाे । राजु देशलार्इ खुब धेरै माया गर्ने मान्छे थियाे तर उ अहिले देशद्राेही नै हाे कि जस्ताे महसुस गर्दै थियाे । साच्ची नै बिना काम देशकाे ढुकुटी रित्याउन खाज्नु देशकाे लागि कलंङ्क नै हाे । उसलार्इ याे कुराले घर पुग्दा सम्म खुब धेरै पिराेल्याे । 
मुगुबाट हिडेकाे ९ दिनकाे राती उ घरमा अाइ पुग्याे । अाफ्नाे दाजुलार्इ देखेर चक्रू,  रूपा र निमा निकै खुसी देखिन्थे । अामा पनि अाफ्नाे छाेराे अायाे भनेकाे सुन्दा फुक्दै गरेकाे अागाे छाेडेर छाेराेकाे मुख हेर्न अतालिन । तर बाबुकाे अनुहारमा भने कुनै खुसी देखिदैन थियाे । सबैसगँ ढाेग भेट भए पश्चात, अामाले खाना पस्किनु भयाे र सबैलार्इ खान बाेलाउनु भयाे । अाज सबैजना सगँ बसेर खाना खादै थिए, रमाइलाे क्षण थियाे तर पनि साेनुकाे अभाव महसुस भयाे । अामाले सधैजस्तै अाज पनि साेनुलार्इ सम्झेर तुरूक्क अासुँ झार्नु भयाे । 
खाना खार्इसके पश्चात बुबा अाँगनमा बसेर हावा खादै हुनुन्थ्याे, अामा भान्सामा पाेछा लगाउदैै हुनुहुन्थ्याे, रूपा र निमा मिलेर भाडा माेल्दै थिए अनि चक्रू चाँहि टुकिकाे छेउमा बसेर अाफ्नाे पाठ पढ्दै थियाे । राजु बाबुकाे छेउमा गएर लामाे सुस्केरा हाल्दै थुचुक्क बस्याे । 
"मुगु कस्ताे रैछ त ?", बाबुले साेध्नुभयाे ।
राजु, "हेर्दा त रमाइलाे छ बाबा ।"
"जागिर कस्ताे लाग्याे त तलार्इ ?" बाबुले फेरी साेध्नुभयाे ।
राजु झसगँ भयाे र एकहाेराे बाबुलार्इ हेरेर टाेलाउन थाल्याे । अब अाफ्नाे बाबुलार्इ के भन्ने भनेर साेच्दै थियाे ।
त्यतिकैमा फेरी बाबुले भन्नु भयाे, जागिर मन परेन भने विदेश जा ।
राजुले बाबुकाे याे कुरा सुनेर स्तब्ध भयाे । उ अब केही बाेल्न नि सकेकाे थिएन । बाबुले अझै पनि उसलार्इ बिदेश नै खाेजेका रहेछन । तर राजुले जादिन भनेर साफ इनकार गरिदियाे ।
अामा (नजिकै अाएर), दिन भरी हिड्दा थाकेकाे हाेलास हिन सुत्न ।
राजु पनि चुप लागेर सरासर भित्र गएर बिस्तारामा पल्टियाे ।

0 comments:

Post a Comment

Thanks for visiting blog. Let us approve it.